सिन्धुलीमा पैदल यात्रुलाई ठक्कर दिएर कार दुर्घटना, १ जनाको अवस्था गम्भीर

सिन्धुली। सिन्धुलीमा पैदल यात्रुलाई ठक्कर दिएर कार दुर्घटना हुँदा चालक सहित २  जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

बिपी राजमार्ग अन्तर्गत कमलामाई– ८, सिस्नेरीमा सुनसरीबाट काठमाडौँ तर्फ आउँदै गरेको कारले पैदल यात्रीलाई    ठक्कर दिएर  अनियन्त्रित हुँदा चालक समेत घाइते भएका।

बीएमजी ३१४९ नम्बरको  कारले बिहान करिब ११ बजे पैदल यात्री स्थायी अन्दाजी ३८/४० वर्षको रमेश कार्कीलाई ठक्कर दिएको हो । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कारको ठक्करबाट घाइते कार्कीको दायाँ हात, दायाँ खुट्टा र छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी, ठक्कर दिने कार चालक  सुनसरी जिल्ला दुहबी नगरपालिका -५ का ६१ वर्षीय ओमराज गिरी घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको र घाइते दुवैको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर