गोलन्जोर गाउँपालिका-६ मा वडाको सबै सेवा टोलमै

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ ले वडाको टोल टोलमै पुगेर सेवा प्रवाह सुरु गरेको छ ।

वडावासीको सहजताका लागि वडा कार्यालयले वडाका सबैलाई पायक पर्ने विभिन्न  ५  टोल/ टोलमा पुगेर एकीकृत घुम्ती सेवा शिविर मार्फत सेवा प्रवाह गरेको छ ।

बिहीबार हैबार गाउँबाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर २२ गते सम्म टोल टोलमा पुगेर सकिने वडाध्यक्ष रविन कुमार श्रेष्ठले माईशिर डटकमलाई जानकारी दिए ।

घुम्ती शिविर १८ गते नाकाजोली, २० गते छेत्पा, २१ गते घोक्सिला र २२ गते मगर बेसीमा वडा कार्यालयबाट प्रवाह हुने वडा कार्यालय प्रशासनिक सेवा, मालपोत सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण लगायत आधारभूत स्वास्थ्य सेवा तथा पशु उपचार सेवा दिइने वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

One thought on “गोलन्जोर गाउँपालिका-६ मा वडाको सबै सेवा टोलमै

  1. जनताको असली सेवक भनेका रविनकुमार श्रेष्ठ जस्तै जनप्रतिनिधि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर