सिद्धेश्वर खानेपानीको बक्यौता ७० लाख, नतिरे धारा काटिने

सिन्धुलीमाढी। सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको बक्यौता करिब ७० लाख उठान बाँकी रहेको छ।
सिन्धुली सदरमुकाम समेत रहेको कमलामाई नगरपालिका -४,५,६ र ७ वडमा खानेपानी वितरण गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले आज पत्रकार सम्मेलन गर्दै करिब ७० लाख रुपैयाँ बक्यौता रकम उठ्न बाँकी रहेको बताएको छ।
बक्यौता मतिर्नेमा जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय देखि पत्रकार महासंघसम्म रहेका छन्। हाल ६६ लाख ८० हजार १ सय ६७ रुपैयाँ बक्यौता रकम रहेको छ।बक्यौता रकम नतिर्नेमा सरकारी कार्यालयको बक्यौता १८ लाख ५८ हजार ९ सय २० रुपैयाँ , संघ संस्थाको बक्यौता रकम ५लाख ८९ हजार ८५ रहेको छ,भने व्यक्तिगत बक्यौता रकम रु ४२ लाख ३२ हजार १ सय ६२ रहेको छ।
पहिलो चरणमा श्रावण मसान्त सम्ममा पनि बक्यौता रकम बुझाउन समय दिएको छ। यदि समयमा बक्यौता रकम नतिरे दोस्रो चरणमा २०८१ साल भाद्र महिनाबाट ग्राहकको नाम सहित पत्रपत्रिकाहरूमा सार्वजनिक गर्ने र सो समय भित्र पनि बक्यौता महसुल नबुझाए कुनै पनि समयमा धारा काट्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया
पानी नै नआउने आईहाले हिलै आउने
अनि शूल्क तिर्दा पनि खाेलाबाट वा ईनारबाट पानी ल्याउनु पर्ने धारा काट्दा के नै फरक पर्ला र 🤔!