तीन [मुक्तक]
![तीन [मुक्तक]](https://www.maishir.com/wp-content/uploads/2024/06/bimala_rajan.jpg)
१.
हिँड्दाहिँड्दै यात्रा यो, रोकिएपछि थाहा भयो!
वेदनाको पर्खालसङ ठोकिए पछि थाहा भयो!
नचाहेरै छोड्न पर्ने, मनको इच्छा मार्न पर्ने
दु:ख के हो “कस्तो हुन्छ” भोगे पछि थाहा भयो !!
२.
के लेखै तिमीलाई तिमी त एउटा कहानी हौ !
जस्लाई सबै बाट लुकाएर सुन्छु,
तिमी त्यो सास हौ॥
जस्लाई मेरो धड्कन सङ महसुस गर्दछु ।
लुकेर मिल्दछ सपनामा बिहान उठेर तिमीलाई खोज्द छु ॥
३.
निस्ठुरी तिमीलाई सम्झेर अब रुँदिन म
अमूल्य यो आशुले अनुहार धुँदिन म ।
सिसा जस्तै चर्कियो नाता,अब जोड्दिन म
शिशिर पछि वसन्त आउँछ, भो अब रुँदिन म ॥
४.
हिजोआज आफैलाई भार भो जिन्दगी
उजाड मरुभूमिको सन्सार भो जिन्दगी !
बाचा कसममा निस्ठुरीलाई विश्वास गर्दा
जित्ने चाहानामा हार भो जिन्दगी !!
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया