गोलन्जोर गाउँपालिकाले जिल्लामै पहिलो पटक रैथाने बालीको समर्थन मूल्य तोक्यो
ग्वाल्टार । सिन्धुली जिल्लामै पहिलो पटक गोलन्जोर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन प्रकारका रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
अनुदान वितरण समितिको पुस २८ गते बसेको बैठकले गाउँपालिकाभित्र उत्पादन हुने कोदो र फापर बालीको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि कोदोको समर्थन मूल्य प्रतिपाथी १७० रुपैयाँ, तिते फापरको ३०० रुपैयाँ र मिठे फापरको ३५० रुपैयाँ निर्धारण गरेको कृषि शाखा प्रमुख तथा कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए।
यसै आर्थिक वर्षदेखि रैथाने बालीको प्रवर्द्धनका लागि गाउँपालिकाले कृषक तथा सहकारीलाई लक्षित गर्दै अनुदान व्यवस्था गरेको छ। कोदो–फापर सहकारीमार्फत बाली बिक्री गर्ने किसानलाई प्रतिपाथी ३० रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान प्रदान गरिने उनले बताए।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया