गाैमतीका विद्यार्थीलाई न्यानो कपडा

सिन्धुलीमाढी । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६, स्थित गाैमती माध्यमिक विद्यालयका १५९ जना विद्यार्थीलाई आइतबार न्यानो कपडा वितरण गरिएको छ ।

स्विडेन निवासी प्रा.डा. दीपराज थापाको पहलमा संकलित ८२ हजार रुपैयाँबाट स्वेटर खरिद गरी विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दीपक बुढाथोकीले जानकारी दिए ।

कमजोर आर्थिक अवस्थाका बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयले सार्वजनिक आह्वान गरेको र सोही क्रममा प्राडा थापाले सहयोगको प्रतिबद्धता जनाएअनुसार स्वेटर वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रा.डा. दीपराज थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्ने अवसरका लागि विद्यालयलाई धन्यवाद दिए । साथै, उक्त सहयोग अभियानमा स्विडेनमा रहेका १७ जना साथीहरूको पनि साथ रहेको जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर