गायिका रीता केसीको ‘म हरायकी हुँ त्यो शहरबाट’ गजल सार्वजनिक

सांगीतिक यात्रामा सक्रिय गायिका रीता केसीले नयाँ गजल गीत ‘म हरायकी हुँ त्यो शहरबाट’ सार्वजनिक गरेकी छिन्। लामो समयदेखि आधुनिक, लोक तथा गजल गीतमा आफ्नो सशक्त आवाज दिँदै आएकी केसीको यो पछिल्लो प्रस्तुति श्रोता माझ निकै रुचाइएको छ।

उक्त गजलका गजलकार कपिल अञ्जान हुन् भने संगीत राजेन्द्र बजगाईले भरेका छन्। गजलको म्यूजिक भिडियोमा स्वयं गायिका रीता केसीले अभिनय गरेकी छिन्। भिडियोको छायाङ्कन रामकुमार केसीले गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

सानै उमेरदेखि संगीतप्रति गहिरो लगाव राख्दै आएकी केसीका थुप्रै गीतहरूले चर्चाको शिखर चुमिसकेका छन्। उनको जादुमय स्वरले श्रोताको मन जित्दै आएको छ भने स्वदेश तथा विदेशमा आयोजना हुने थुप्रै सांगीतिक कार्यक्रममा उनी नियमित सहभागिता जनाउँदै आएकी छिन्।

उनको नवीनतम गजल ‘म हरायकी हुँ त्यो शहरबाट’ यतिबेला दर्शक तथा श्रोता बीच लोकप्रिय बन्दै गएको छ। भिडियोमा प्रस्तुत भावपूर्ण अभिनय र मार्मिक शब्दले गीतलाई थप प्रभावशाली बनाएको छ।

यो गजल गायिका रीता केसीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर