सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता, समृद्धि किशोरी समुह प्रथम

सिन्धुली ।  लोकगीत प्रतियोगितामा समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको छ ।

शनिबार सिन्धुलीमाढीमा आयोजित प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा कमलामाई नगरपालिका ४ मा रहेको उज्वलता किशोरी समुह द्धितीय, तीनपाटन गाउँपालिका २ मा रहेको एकीकृत किशोरी समुहले तृतीय स्थान हासिल गरेका छ । साथै, कनपा ५ को प्रगतीशिल किशोरी समुह र तीनपाटन गाउँपालिका २ को सुनौली बिहानी किशोरी समुह सानत्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सानत्वना स्थान हासिल गर्ने किशोरी समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।

किशोरी तथा यूवा महिलाहरुमा सचेतना अभिवुद्धि तथा सशक्तिकरण गराउँने उदेश्यले लोकगीत प्रतियोगिताको आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रदीप लुङ्गेलीले बताए ।

गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जेएसडिपि र प्लानले महिला बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा उल्लेख्नीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले किशोरीहरुमा भएको प्रतिभा प्रष्फोटनका लागी अवसरको आवश्यक रहेको र त्यो अवसर जेएसडिपिले दिएकोमा खुसी व्यक्त गरे । मौलीक लोकसंगीत लोप हुदै गएकाले यसको संरक्षण तथा संवद्र्धनका लागी सबैजना लागी पर्नुपर्ने उनको भनाई छ ।

लोकगीतमा किशोरी तथा यूवा महिलाहरुका लागी शिक्षाको महत्व, वालविबाह अन्त्य, महिला हिंसा, महिला सशक्तिकरणको आवश्यकता, हानिकारक सामाजिक मुल्यमान्यता र असमान शक्ति सम्बन्ध लगायतका बिषयहरु समेटिएको थियो ।

प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा भएको एक दिने लोक दोहोरी प्रतयोगीतामा कमलामाई नगरपालिकाका वडा नम्बर २, ४ र ५ को ३ वटा समूह र तीनपाटन गाउपालिक २ हिलेपानी र भिमस्थानका २ वटा गरि ५ वटा समुहको सहभागीता रहेको थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर