सिन्धुलीमा प्रिमियरपछि “मोबाइलको कमाल” युट्युबमा सार्वजनिक
सिन्धुली,कात्तिक २२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठ ‘भावुक’को शब्दमा तयार गरिएको “मोबाइलको कमाल” बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
सुनाखरी मल्टिमिडिया युट्युब च्यानलमार्फत शुक्रबार उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा स्थानीय कलाकार, संगीतप्रेमी र सञ्चारकर्मीको उपस्थितिमा गीतको औपचारिक प्रिमियर सो सिन्धुलीमाढीमा आयोजना गरिएको थियो ।
गीतमा नन्दलाल श्रेष्ठ र प्रतिमा अर्यालको स्वर रहेको छ भने लय दिल्ली काफ्लेको रहेको छ । गीतको एरेन्ज आरके मिलनले गरेका हुन् । भिडियोमा नन्दलाल श्रेष्ठ, शिशिर बुढाथोकी र निता ढुङ्गानाको आकर्षक अभिनय समावेश गरिएको छ ।
भिडियोको निर्देशन र कोरियोग्राफी शिशिर बुढाथोकीले गरेका छन् । गीतले आधुनिक जीवनशैलीमा मोबाइलको प्रभाव र त्यसले ल्याएको सामाजिक परिवेशलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ ।
यसअघि गायक तथा सर्जक श्रेष्ठको शब्दमा “साच्न सकिन तिम्रो माया” शीर्षकको आधुनिक गीत पनि सार्वजनिक भइसकेको छ ।
भिडियोः
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया