सिन्धुलीका पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारबारे अन्तरक्रिया

सिन्धुली, १३ असार । सञ्चारकर्मीहरुसँग सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका अवसर, चुनौती र सम्भावित समाधानका विषयमा छलफल गरिएको थियो।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का कार्कयक्रम संयोजक केआर विजयले कार्यक्रममार्फत प्रदान गरिने सेवाहरुबारे जानकारी गराउँदै सूचनामा पहुँच, न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताजस्ता गतिविधिहरू सञ्चालन भइरहेको बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा मात्र स्रोत केन्द्रबाट ५,६१६ जनालाई सूचना प्रवाह गरिएको छ, जसमा ७५ प्रतिशतले वैदेशिक रोजगारीका लागि सोधपुछ गरेका थिए। तीमध्ये महिलाको सहभागिता बढ्दो छ। फोनमार्फत फलोअप सेवाबाट ३५८ जनाले लाभ लिएका छन्, भने २३ जना विदेश जान सफल भएका छन्।

त्यस्तै, रिटर्नी स्वयंसेवकमार्फत ७,५२४ जनासम्म सूचना पुर्‍याइएको छ। उनीहरूमध्ये ९० प्रतिशतभन्दा बढीले आवश्यक कागजात नबुझाई विदेश जान खोज्ने गरेका छन्, तर हाल युजर आईडी लिने र सीप सिकेर जानेको संख्या बढ्दो छ। साथै सुरक्षित गाउँ अभियानमा समेत कार्यक्रम केन्द्रित गरिएको जनाइएको छ।

४८ वटा गहन अभिमुखीकरण कार्यक्रमबाट ८८१ जनाले आवश्यक जानकारी पाएका छन् भने स्रोत केन्द्रमार्फत धेरैजसो केस दर्ता गराउन मद्दत पुगेको उल्लेख गरिएको छ।

सामीले सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभिवृद्धि, परामर्श, अभिमुखीकरण र कानुनी सहयोगका कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

कार्यक्रममा कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख तुलसी प्रसाद कोईरालाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसको स्थानीय तहमा पर्ने प्रभाव, श्रम स्वीकृतिसम्बन्धी विवरण र स्थानीय तहका प्रयासबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर