सिन्धुलीमा सहकारी दिवस: अस्पतालका बिरामीलाई फलफूल वितरण

सिन्धुलीमाढी । सिन्धुलीमा पनि ‘मर्यादित सहकारी: समुन्नत समाज’ भन्ने नाराका साथ ६८औँ राष्ट्रिय सहकारी दिवसको मनाइएको छ ।

जिल्ला सहकारी संघ सिन्धुली, राष्ट्रिय सहकारी बैङ्क सिन्धुली र कमलामाई नगरपालिकाको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संस्था सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा प्रभात फेरी सहित सिन्धुली अस्पतालमा रहेका २७ बिरामीहरूलाई फलफूल वितरण गरेर मनाइएको छ ।

कार्यक्रममा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सहकारी चलाउने सञ्चालक समितिले सहकारीका सिद्धान्तलाई आत्मसात् गरेर सहकारी सञ्चालन गर्नुपर्ने बताए । उनले सहकारीहरूलाई अनुत्पादक क्षेत्रमा जथाभाबी लगानी नगर्न सचेत गराए । उनले भने, ‘सानो सानो व्यवसाय गरेका मानिसहरूले दुःख गरेर कमाएको रकम भोलिको भविष्यको लागि जम्मा बचत गरेका छन् । तर, संञ्चालकहरुले अनुत्पादक क्षेत्रहरूमा ऋण प्रवाह गर्दा धेरै सहकारीहरू समस्यामा छन् । त्यसैले आगामी दिनमा उत्पादनमा अथवा उत्पादन मुखी क्षेत्रमा ऋण कर्जा प्रवाह गर्नुहोला ।’  साथै नगर प्रमुख पोखरेलले सहकारीलाई व्यतीथीबाट बचाउन विधि, ऐन, नियम, कानुन र परिधिलाई बुझेर शेयर सदस्यलाई स्कुलिङ गर्न सहकारीका सञ्चालक आफै लाग्नुपर्ने बताए ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा रहिआएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर