फिक्कलमा तीन महिने सिलाइकटाई तालिम सुरु

सिन्धुली । फिक्कल  गाउँपालिका -६  मा  महिलाहरूका लागि तिन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । फिक्कल गाउँपालिकाको आयोजनामा  तीन महिने सिलाई कटाई तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
गाउँपालिकाको आयोनामा गृहिणी महिला सशक्तीकरणको लागि फिक्कल गाउँपालिका- ६ शिलङ्गेमा  सिलाई कटाई तालिम सुरु भएको हो ।
तालिमको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै बरालले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।
तालिममा १८ जना गृहिणी महिला सहभागी रहेको  गाउँपालिकाका प्रवक्ता कुलेन्द्र रानाले जानकारी दिए ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर