सिन्धुलीबाट ५ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिँदै

सिन्धुलीमाढी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यसवर्ष सिन्धुलीबाट ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
यही चैत ७ देखि सुरु हुने एसइई परीक्षामा नियमिततर्फ ४ हजार ७ सय ७५ जना र प्राविधिक धारमा १ सय ७६ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सूचना अधिकृत सुबोध रामले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष एसइईमा ५ हजार ३ सय १५ सहभागी भएका थिए । यसवर्ष अघिल्लो वर्षको तुलनामा ४ सय ५७ जना विद्यार्थी बढेका छन् ।
त्यसैगरी ग्रेड बृद्धितर्फ ८ सय २४ जना सहभागी हुनेछन् । माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि सिन्धुलीमा २७ वटा परीक्षा केन्द्र तोकिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया