सिन्धुलीमा मनाइयो २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

सिन्धुली । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारका साथ’ भन्ने मूल नाराका साथ आज सिन्धुलीमा २७औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ। वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना र सहरी विकास तथा भवन कार्यालयको समन्वयमा बुधवार (आज) बिहान प्रभात फेरी सहित र्याली सहित २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । सिन्धुलीमाढी २ नं बजार रेडक्रस भवनबाट सुरु भएको र्याली गैरीबजार, १ नं बजार, स्टल बजार हुँदै कमलामाई नगरपालिका कार्यालय अगाडी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्याली मा सिन्धुली स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।मा सिन्धुलीमा बुधवार (आज) बिहान प्रभात फेरी सहित र्याली सहित २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । सिन्धुलीमाढी २ नं बजार रेडक्रस भवनबाट सुरु भएको र्याली गैरीबजार, १ नं बजार, स्टल बजार हुँदै कमलामाई नगरपालिका कार्यालय अगाडी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्याली मा सिन्धुली स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
माघ २ गते दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठुलो क्षति पुर्याएको थियो ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
विसं १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए । नेपाल भूकम्पीय जोखिम भएको देश हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो । सिन्धुलीमा उक्त भूकम्पमा परी ९ जनाको निधन भएको थियो भने २२ हजार ३ सय ४२ बढी घरहरू पूर्ण रूपमा क्षति भएका थिए । यस्तै वि.सं २०८० कार्तिक १७ गते शुक्रवार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ,भने ठुलो सङ्ख्यामा भौतिक संरचनामा क्षति पुगेको थियो ।
नेपाल अझै पनि ठुलो भूकम्पको जोखिममा रहेको अधिकारीहरूले बताउँदै आएका छन् । त्यसैले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्व तयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको देखिन्छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया