कृषि उपज बजार सिन्धुलीको अध्यक्षमा देवकोटा सर्वसम्मत निर्वाचित

सिन्धुली १८ बैशाख। थोक कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा नरेश देवकाटा सर्वसम्मत निर्वाचित भएका छन् ।

सिन्धुलीमाढीमा आईतवार र सोमवार भएको सातौँ अधिवेशनले अध्यक्षमा देवकोटालाई सर्वसम्मत निर्वाचित गराएको हो ।

किसान तर्फका ३० र व्यवसायी तर्फका ३० गरी ६० जना मताधिकार भएका अधिवेशन प्रतिनिधिहरुले किसान तर्फका ३ जना र व्यवसायी तर्फ ३ जना गरी ६ जनालाई सदस्यमा निर्वाचित गराएका थिए । किसान प्रतिनिधिबाट पदम बहादुर श्रेष्ठ, केदार पहाडी, शान्तीमाया स्याङतान, कृषि व्यवसायीबाट नरेश देवकोटा, प्रमोद चौधरी, निरमाया बस्नेत सोसियोम्याटिक प्रणालीबाट निर्वाचित भएका हुन् ।

सदस्यमा निर्वाचित मध्येबाट थोक कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा देवकोटा सर्वसम्मत निर्वाचित भएको कृषि विभागबाट खटिएको निर्वाचन समितिले जनाएको छ ।

यस अघिको पाँचौ अधिवेशनबाट पनि कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा नरेश देवकाटा सर्वसम्मत नै  निर्वाचित  भएका थिए। निर्वाचित व्यवस्थापन समितिका पदाधिकारीहरुको पदावधी ३ बर्षको रहने छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर