गोलन्जोरका विद्यार्थीलाई न्यानो कपडा वितरण

ग्वाल्टार । सिन्धुलीको गोलन्जोर गाउँपालिका का विद्यार्थीलाई  न्यानो कपडा  तथा  शैक्षिक सामाग्री  वितरण गरिएको छ ।

ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको साझेदारीमा गोलन्जोर गाउँपालिका वार्ड नम्बर ४ आरुबोटे स्थित श्री प्राथमिक विद्यालय ट्वाङट्वाङेमा र गोलन्जोर गाउँपालिका वार्ड नम्बर ३ मुर्किबेसीमा रहेको कुशेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत ५८  बालबालिकाहरूलाई पालिका अध्यक्ष र सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा न्यानो कपडा ज्याकेट र टोपी तथा  शैक्षिक सामाग्री (कापी, कलम आदि)  वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै ब्याक टू लाईफका डिकेन्द्र ढकालले शिक्षाको लागि आवश्यक आधारभूत कुराहरू र त्यसले बालबालिकाको सिकाईमा पार्ने महत्त्वपूर्ण भूमिकाको बारे आफ्ना भनाई राख्दै ब्याक टू लाईफले हाल गोलन्जोर गाउँ पालिकामा सञ्चालन गरिरहेको र निकट भविष्यमा सञ्चालन हुने विभिन्न आयोजनाको बारेमा पनि जानकारी दिएका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले ब्याक टु लाईफले यश गोलन्जोर गाउँपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालन गरिरहेको खानेपानी योजना पालिका स्तरीय अस्पताल, स्वास्थ्य चौकी र विद्यालय भवन निर्माण गर्न लागिएकोमा सम्पूर्ण गोलन्जोर बासी समुदाय तथा आफ्नो व्यक्तिगत तर्फबाट दातृ निकाय ब्याक टू लाईफ तथा साझेदारी संस्था सिएसडीएस लाई धन्यवाद दिए ।

 

त्यस्तै वार्ड नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले ब्याक टू लाईफले गरिरहेका सम्पूर्ण कामबाट यस गाउँपालिकाको स्वास्थ्य शिक्षा र खानेपानी मा लागि धेरै नै ठुलो सहयोग हुने र हामी सम्पूर्ण पालिकावासीले आ आफ्नो क्षेत्रबाट निर्माण गरिएका संरचनाहरूको उचित संरक्षण र आवश्यक व्यवस्थापन तथा विद्यालयहरूमा बालबालिकालाई नियमित विद्यालय उपस्थिति गराउन सम्पूर्ण सरोकारवाला र अभिभावकहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

निर्माण भइरहेको दुवै (प्राथमिक विद्यालय ट्वाङट्वाङे र मुर्किबेसीमा रहेको कुशेश्वरी प्राथमिक विद्यालयमा) ब्याक टु लाइफ ई भी जर्मनीकै आर्थिक सहयोगमा ४ कोठे पक्की शैक्षिक भवन निर्माण भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि नयाँ  भवनबाट पठन पाठन सञ्चालन हुने लक्ष राखिएको स्थानीय साझेदार संस्था सिएसडिएसले जानकारी गराएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर