सिन्धुली बहुमुखी क्याम्पसलाई ‘एसएमसि कप’को उपाधि 

सिन्धुली । एसएमसि कप छात्रा भलिबल प्रतियोगिताको उपाधि सिन्धुली बहुमुखी क्याम्पसले जितेको छ ।
कमलामाई नगरपालिका क्याम्पस स्तरीय एसएमसि कप छात्रा भलिबल प्रतियोगितामा मङ्गलवार भएको फाइनल खेलमा कमलामा माध्यमिक विद्यालयलाई पराजित गर्दै सिन्धुली बहुमुखी क्याम्पसले प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगिताको फाइनल खेलमा सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीले कमला माध्यमिक विद्यालय ढुग्रेबास सिन्धुलीलाई २५–१५, २५–९ र २५–१३ सेटमा पराजित गरेको थियो।
प्रतियोगितामा प्रथम हुने बहुमुखी क्याम्पसलाई १५ हजार नगद पुरस्कार, द्वितीय हुने कमलामा माध्यमिक विद्यालय ढुंग्रेबासलाई १० हजार नगद पुरस्कार र तृतीय हुने गौमती बहुमुखी क्याम्पसलाई ५ हजार नगद पुरस्कार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
त्यैगरी उत्कृष्ट खेलाडी सिन्धुली बहुमुखी क्याम्पसकी पर्जुना थापा बनेकी थिइन् । उनलाई ट्रफि प्रदान गरिएको थियो । प्रतियोगितामा सहयोग गर्ने, प्रायोजन गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सिन्धुली बहुमुखी क्याम्पसको आयोजनामा असोज १३ गते बाट भएको पहिलो एसएमसि कप छात्रा भलिबल प्रतियोगितामा ९ वटा समूहले भाग लिएका थिए । क्याम्पसले यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता गर्दै जाने क्याम्पस प्रमुख भानुभक्त गुरुङले जानकारी दिए । फरक क्षमता भएका छात्राहरूलाई प्रतियोगितामा सहभागी गराएर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेकोमा नवज्योति बहिरा स्कुलका प्रधानाध्यापक विजय तामाङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
क्याम्पस प्रमुख गुरुङले प्रतियोगितामा सहभागी हुने क्याम्पस, खेलाडी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खेल सम्पन्न गर्न सहयोग गर्ने सवैमा  धन्यवाद दिए । विद्यार्थीहरूलाई पढाइ सँगै खेलकुद पनि उत्तिकै जरुरी छ । खेलकुदले पठनपाठनलाई थप प्रभावकारी बनाउँछ उनले  भने, “खेलकुदबाट प्रत्यक्ष लाभ भनेको शारीरिक स्वास्थ्य वा तन्दुरुस्ती हो । त्यसबाहेक यसले रणनीतिक क्षमताको विकास गर्छ । नेतृत्व कला सिकाउँछ । सामूहिक सहकार्यको भावना जगाउँछ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर