बिपी राजमार्ग खुलाउन नेपालथोकबाट थालियो

सिन्धुली । बिपी राजमार्ग सञ्चालनमा ल्याउन जिल्लाको सुनकोशी गाउँपालिका -१ नेपालथोकबाट काम सुरु गरिएको छ ।
डिभिजन सडक कार्यालय खाल्टेले मंगलबार बिहान देखि नेपालथोकबाट सडक मर्मत सुरु गरेको हो ।
डोजर लगाएर अस्थायी सडकको व्यवस्था गर्न नेपालथोकबाट रोशी खोलालाई ड्राइभट गर्ने र घ्याम्पेखोला र देवीस्थानमा डाइभर्सन बनाउने काम भइरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रदीप तामाङले जानकारी दिए ।
नेपालथोकदेखि माथि भकुण्डेबेँसी आसपास २.५ किलोमिटर सडकमा क्षति पुगेको र सिन्धुलीतर्फ क्षति पुगेको करिब दुई सय मिटर मर्मत गरेर राजमार्ग खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले माईशिर डटकम सँग बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया