सिन्धुली अस्पतालमा पत्थरीको शल्यक्रिया सफल

सिन्धुलीमाढी । सिन्धुली अस्पतालमा पहिलो पटक दुर्विन प्रविधिबाट गरिएको पत्थरीको शल्यक्रिया सफल भएको छ ।
जानकी मेडिकल कलेज जनकपुर अस्पतालका डा. शशी शेखर अधिकारीको नेतृत्वमा डा.अधिकारीसँगै डा. विनयकुमार चौधरी र डा. दिन्जुल कटुवाल सहितको टोलीले सोमबार एक बिरामीको दुर्बिन प्रविधिबाट गरेको शल्यक्रिया जिल्लामै पहिलो भएको अस्पतालले जनाएको छ ।

सिन्धुली अस्पतालमा दुर्विन प्रयोग गरिएको पहिलो अप्रेसन सफल भएको र आगामी दिनमा सिन्धुलीमा नै पित्त थैलीमा पत्थरी र एपेन्डिसाइटिसका बिरामी हरूको अप्रेसन गर्न सकिने डा. दिन्जुल कटुवाल ले जानकारी दिए । काठमाण्डौं र धुलिखेल जानुपर्ने बाध्यतामा अन्त्य गरिने डा. कटुवाले बताए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया