मानव कल्याण समाजद्धारा बालबालिकालाई न्यायो कपडा वितरण

सिन्धुली । मानव समाज कल्याण सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
मानव कल्याण समाज सिन्धुलीका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा रहेको टोलीले आज कमलामाई नगरपालिका वडा नं.५ सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा रहेका ३४ जना अभिभावक बिहिन वालवालिकाहरुलाई मानवीय सेवामा संलग्न विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा न्यायो कपडा बितरण गरेको मानव कल्याण समाज सिन्धुलीका सह सचिव रेजिना श्रेष्ठले जानकारी दिईन् ।
विद्यालयमा आश्रित वालवालिकाहरुलाई मानव कल्याण समाज सिन्धुलीका साथीहरुले न्यानो कपडा बितरण गर्ने प्रस्ताव राख्नु भएपछि हामीले त्यसलाई सहजै स्वीकार ग¥यौं, विद्यालयका शिक्षक कृष्णहरी घिमिरेले बताए ।
सिन्धुलीको कमलामाई नगरपालिकामै पहिलो पटक अभिभावक बिहिन वालवालिकालाई लक्षित गरेर तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले आवासिय विद्यालय सञ्चालन गराएका थिए । अहिले विद्यालयमैं बसेर अध्ययन अध्यापन गराउने सिलामे नगरकै पहिलो विद्यालय मानिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।