सिन्धुली प्याब्सनमा ढकाल, एन प्याब्सनमा बज्यू

सिन्धुली ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  (प्याब्सन)को अध्यक्षमा प्रशान्त ढकाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) को अध्यक्षमा सोनाम बज्यू निर्वाचित भएका छन् ।

प्याब्सन सिन्धुलीको शुक्रवार  भएको १० औँ जिल्ला अधिवेशनबाट प्रशान्त ढकाल अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा दीपचन्द्र लामा, सचिबमा टेक बहादुर कार्की (पर्वत), कोषाध्यक्षमा बसन्त माझी, सदस्यहरुमा डम्बर श्रेष्ठ , भीमशेन थापा र सुमिता क्षेत्री प्याबसन सिन्धुलीका निर्वतमान अध्यक्ष मनोज प्रधानले जनाकारी दिए। प्रधानका अनुसार महाधिवेशन प्रतिनिधी मिन प्रसाद काफ्ले चयन भएका छन् ।

त्यसैगरी एन प्याब्सनको शनिवार भीमानमा भएको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा सोनाम बज्यू निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा प्रह्लाद हमाल, सचिवमा नीराजन श्रेष्ठ, कोषाध्यक्षमा हेम विक्रम थापा, सदस्यहरूमा ज्ञानेन्द्र भट्टराई, बेनुप उप्रेती, पदम बहादुर खड्का, दिनेश बुढाथोकी, पूर्ण प्रसाद भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमारी (खत्री) कार्की, मणि काफ्ले र दीपा कुमारी कार्की रहेको एन प्याब्सन केन्द्रीय सदस्य कृष्ण उप्रेतीले जानकारी दिए।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर