‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेलाई
सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन्।
नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्याएकी हुन्।
त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन। सुजल सुन्न र बोल्न सक्दिन्न।
ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन्। फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए।
पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले फिनाले होस्ट गरेका थिए।
विजेताले नोभेम्बरमा मेसिक्कोमा हुने मिस युनिभर्समा नेपालबाट प्रतिनिधित्व गर्नेछिन्। जहाँ सय देशहरुले प्रतिपर्धा गर्नेछन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम





फेसबुक प्रतिक्रिया