भिरबाट लडेकी बलको उपचारको क्रममा मृत्यु

सिन्धुली ।  गोठालो जाँदा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको  उपचारको क्रममा मृत्यु भएको छ ।

भिरबाट लडेर गम्भीर घाइते भएकी मरिण गाउँपालिका-१ टुँडिखेलकी २२ वर्षीय ललिमाया बलको उपचारको क्रममा मङ्गलवार मृत्यु भएको हो ।

सोमबार गाईबस्तु चराउन जाँदा भिरबाट लडेर बेहोस भएकी बलको भक्तपुरको ईन्टरनेशनल अस्पतालमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर