कस्मेटिक अन्तर्राष्ट्रिय ब्राण्ड ‘ब्लुम’ को श्रृङ्गारिक सामान उत्पादन सिन्धुलीबाट

सिन्धुली ।   कस्मेटिकको अन्तर्राष्ट्रिय ब्राण्ड ‘ब्लुम’ को  श्रृङ्गारिक सामान उत्पादन सिन्धुलीबाट सुरुवात भएको छ।
 जेसी इष्डष्ट्रिज प्रा.लिले ब्लुमका श्रृङ्गारिक सामानको  उत्पादन सुरुवात गरेको हो। जेसी इष्डष्ट्रिज प्रा.लिले  पहिलो चरणमा  मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको सहकार्यमा हेटौँडामा १० दिने मेहेन्दी र नेल आर्ट तालिम दिएर सुरुवात गरेको छ । बुधवार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको थियो । मकवानपुरका तीन सय ८० जनालाई उक्त तालिम प्रदान गरिएको थियो । असार १६ गते देखी सञ्चालित तालिम मङ्गलवार सकिएको थियो ।
कम्पनीका अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष सिग्देलले सीप सिकेर उद्यम बन्न युवा महिलालाई आग्रह गरेका छन् । उनले ब्युटी पार्लरमा आफ्नो व्यवसाय वृद्धि गर्न नेल आर्ट र मेहेन्दीको तालिमले थप टेवा पुगेको बताए ।
महिलाहरू व्यावसायिक बन्दै  उद्यम तर्फ लाग्न सके स्थानीय सरकारहरूले पनि साथ सहयोग गर्ने बताए । आफ्नो आर्थिक र सामाजिक पक्ष बलियो बनाउन सीप सिक्नु जरुरी रहेको भन्दै वडाध्यक्ष सिग्देलले एकल नसके सामूहिक रूपमा व्यवसाय गरी सेवा दिन आग्रह गरेका थिए । 
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले व्युटिपार्लरका विभिन्न सीपहरू मध्ये नेल आर्ट र मेहेन्दी लगाउने सीप सबै महिलाहरूमा अपरिहार्य रहेको बताए । सीप सिकेर सफल व्यवसायी बन्न सकिने हुँदा आफ्नो सीपलाई निर्खान सबै लाग्नुपर्ने बताए । प्रमाणपत्र प्राप्त भएपछि सबै जना अब प्रशिक्षक समेत हुने भएकाले आफ्नो सीपलाई अझै विस्तार गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल,प्रशिक्षक कुलदीप कुमार, जेसी इष्डष्ट्रिज प्रा.लि का सिईओ विजन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, हेटौँडा लेडी जेसीज सन् २०२३का अध्यक्ष डिलमाया घर्ती, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, जेसी इष्डष्ट्रिज प्रा.लिका प्रेस सल्लाहकार विदुर पौडेल, कम्पनीका नेशनल सेल्स म्यानेजर तथा तालिम कार्यक्रम संयोजक गोपाल भट्ट, हेटौँडाका लागि आधिकारिक विक्रेता गोदा सप्लायर्सका माया पाठक भट्ट लगायतको आतिथ्यता रहेको थियो ।
जेसी इष्डष्ट्रिज प्रा.लिले ब्लुम नामको नेपाली ब्राण्डमा नेल पोलिस, लिबिष्टक, नेल रिमुभर, आइ लाइनर, मस्करा ग्ली सिरिङ लगायतका वस्तुहरू उत्पादन गर्ने गरेको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए । नेपाली उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्दै हामीले उक्त वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरू भारत, जर्मन, चीन, फ्रान्स, कोरिया, मलेसिया लगायतको राष्ट्रबाट ल्याउने गरेका छौँ,अध्यक्ष श्रेष्ठले भने ।
चाडपर्व र श्रावण महिना मेहेन्दीको महिना भएकाले हेटौँडामा उक्त तालिमको आयोजना गरिएको तालिम संयोजक एंव कम्पनीका नेशनल सेल्स म्यानेजर गोपाल भट्टले बताए । हेटौँडाको माग अनुसार विभिन्न ६ समूहका तीन सय ८० जनालाई तालिम प्रदान गरिएको भट्टले बताए । नेपाली उत्पादनलाई प्रयोग गरी साथ दिन सबैमा उनले आग्रह समेत गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर