सिन्धुलीमा रोपाइँ महोत्सव [ फोटो फिचर ]
![सिन्धुलीमा रोपाइँ महोत्सव [ फोटो फिचर ]](https://www.maishir.com/wp-content/uploads/2024/06/dhan_ropdai-xu.jpg)
सिन्धुली। सिन्धुलीमा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाईएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टार शिवालयमा राष्ट्रिय धान दिवस मनाईएको हो।
कोइलादेवी महिला कृषाक समुह कनपा ४ को ब्यबस्थापन र कृषि विकास कार्यलायको आयोजनामा जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाईएको छ ।
जिल्ला समन्वय समिती सिन्धुलीका प्रमखुक कार्साङ लामाको अध्यक्षतामा रोपाँई महोत्सव भएको हो।
विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । धान दिवस आज खेतमा दही चिउरा खाएर समेत खाइएको थियो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असार १५ का दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया