‘स्किम’को इन्ट्री, भुसालको ट्रान्सफर

सिन्धुली। गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको व्यापक सरुवा गरेको छ। आइतबार (हिजो) मन्त्रालयले ३६ जिल्लाका सिडिओहरूको सरुवा निर्णय गरेको हो।

उक्त निर्णयअनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई रौतहट पुर्‍याइएको छ भने मकवानपुरकी स्किम श्रेष्ठलाई सिन्धुली आउने भएकी छिन्।

सिडिओ भुसालले २०८२ असार ११ गते सिन्धुलीमा कार्यभार सम्हालेका थिए। करिब पाँच महिनाको छोटो कार्यकालपछि भएको यो सरुवाले स्थानीय प्रशासनिक वृत्तमा चासो उत्पन्न गरेको छ।

गृह मन्त्रालयले सिडिओ सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको स्पष्ट पारेको छ। तथापि, छोटो अवधिमै भएको यो परिवर्तनलाई आगामी नीतिगत योजना तथा नयाँ सरकारी कार्यक्रम (‘स्किम’) कार्यान्वयनसँग पनि जोडेर हेरिएको टिप्पणी प्रशासनिक वृत्तमा गरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर