सिन्धुलीमा थर्डपार्टी बीमा भुक्तानी, मृतकका परिवारलाई ५ लाख प्रदान

सिन्धुली, ४ भदौ / सिन्धुलीमा थर्ड पार्टी बीमाको भुक्तानी गरिएको छ। सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेडले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो।
तीनपाटन गाउँपालिका–९ आम्बोटे बाङररिङ बेसीका मीनबहादुर तामाङको वैशाख ७ गते धादिङको कृष्णभीरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। तामाङले एपाच्चे आरटीएस बा.प्र. ०२०२४ प. ४०५४ नम्बरको मोटरसाइकलको काठमाण्डौको सोह्रखुट्टेबाट १ हजार ९ यस ३१ रुपैयाँमा थर्ड पार्टी बीमा गरेका थिए।
बीमा कम्पनीहरूले प्रायः रकम दिन आनाकानी गर्ने गरेको गुनासो रहेपनि सिद्धार्थ प्रिमियर इन्सुरेन्सले भने तीन महिनाभित्रै मृतकका पिता रुद्रबहादुर तामाङलाई करबाहेक नगद ५ लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीका निमित्त शाखा प्रमुख किसान थापाले जनाकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया