विपद् प्रभावित सिन्धुलीका १९ कृषकलाई राहत रकम वितरण

सिन्धुली, २७ असार / प्राकृतिक विपद् र कीरा प्रकोपका कारण क्षति बेहोरेका सिन्धुलीका १९ जना कृषकले राहत रकम प्राप्त गरेका छन्। बागमती प्रदेश सरकारअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विकास कार्यालय सिन्धुलीमार्फत किसानहरूको बैंक खातामा राहत रकम पठाएको हो।

आर्थिक वर्ष २०८१/०८२ को “कृषि क्षेत्रमा विपद् प्रभावित किसान राहत वितरण कार्यक्रम” अन्तर्गत बाढी, पहिरो र फौजी किराबाट क्षति भएको विवरणका आधारमा राहत रकम वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका सहायक स्तर पाँचौँ प्रभुनाथ प्याकुरेलले जानकारी दिए।

सबैभन्दा बढी राहत रकम दीपक बराल र झगरे बेसी कृषि तथा तरकारी फार्मलाई १ लाख ९२ हजार ६ सय रुपैयाँ वितरण गरिएको छ। अन्य कृषकहरूले अधिकतम ३७ हजार रुपैयाँसम्म राहत प्राप्त गरेका छन्।

राहत प्राप्त गर्ने अन्य कृषकहरूमा उदय प्रसाद अधिकारी, कृष्ण प्रसाद काफ्ले, तुलसी प्रसाद काफ्ले, माधव प्रसाद काफ्ले, काशीनाथ पहाडी, गोविन्द प्रसाद अधिकारी, चन्द्रकुमारी तिमल्सिना, दुर्गामाया न्यौपाने, डिल्लीराम भण्डारी, बालकृष्ण अधिकारी, सूर्य प्रसाद बराल, टिकाराम गौतम, लक्ष्मण प्रसाद बराल, लक्ष्मी भण्डारी, टेकबहादुर राना मगर रहेका छन्।

त्यस्तै, सुनकोसी गाउँपालिका–३ का भीमदत्त वैद्य, फिक्कल गाउँपालिका–५ का नवराज पहाडी र लिलानाथ पहाडीले पनि राहत रकम प्राप्त गरेका छन्।

कृषकहरूको क्षतिको विवरण सिफारिसका लागि मन्त्रालयमा पठाइएकोमा रकम स्वीकृत भई वितरण गरिएको हो। राहतले किसानलाई पुनः कृषि उत्पादनमा फर्किन मद्दत पुग्ने विश्वास गरिएको कृषि विकास कार्यालयले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर