गोलन्जोर गाउँपालिकाको वित्तीय प्रगति ८४.२७ प्रतिशत

सिन्धुलीमाढी, असार २६ / सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८४.२७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। स्वीकृत वार्षिक कार्यक्रम र योजनाहरूको कार्यान्वयनसहित यो खर्च प्रगति हासिल गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार चालु तर्फको खर्च प्रगति ८६.१५ प्रतिशत र पूँजीगत तर्फ ७९.५५ प्रतिशत रहेको छ। समयमै आर्थिक कारोबारको भुक्तानी सम्पन्न गर्नु र लक्षित बजेट कार्यान्वयन गर्न सफल हुनु सकारात्मक उपलब्धि भएको गाउँपालिकाको भनाइ छ।
वित्तीय प्रगति हासिल गर्नमा सहयोग पुर्याउने सबै पक्षप्रति गाउँपालिकाले आभार प्रकट गरेको छ। अध्यक्ष शंकर राज बरालले बजेटको जिम्मेवार उपयोग गर्दै आर्थिक प्रगति गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकालाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रकिशोर चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ मा पनि सबैको सक्रिय सहभागिता र सहयोग अपेक्षित रहेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।