नुवाकोटमा चिनियाँ भाषा सिकाउने विद्यालयको शिलान्यास

काठमाडौं । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका – ४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ ।

बुधवार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा चिनियाँ भाषा स्कुलका शिलान्यास गरिएको हो ।

सो अवसरमा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले मित्रताको प्रतीकको रूपमा रहेको विद्यालयमार्फत नेपाली युवा युवतीहरूलाई चिनियाँ भाषा सिकाएर उनीहरूलाई रोजगारी, सांस्कृतिक अन्तरक्रिया र रहनसहन तथा भेषभुषाको जानकारी गराएर भविष्यको अवसरतर्फ अग्रसर गराउने लक्ष्य राखिएको जानकारी दिए । उनले यो विद्यालय भाषा सिकाउने संस्था मात्रै नभएर समाज विकास, विश्व विकास र छिमेकी मुलुकको सामाजिक ज्ञान सिक्ने र सिकाउने आधारशिला भएको उल्लेख गरे ।

कार्यक्रममा सांघाइ हाइसान कल्चर एण्ड मिडिया प्रा.लि.कि प्रतिनिधि हुआङ वेन् छिले चिनियाँ भाषा सिकाउने विद्यालय तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जनाइन् । उनले इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपसँग मिलेर आफूहरूले नेपालमा १० वटा शिक्षण संस्था स्थापना गरिसकेको जानकारी दिइन् ।

जसमार्फत १ हजार ५० भन्दा बढी चिनियाँ विद्यार्थीलाई अध्यापन गराइने बताइएको छ । उनले शिक्षण संस्थालाई सहयोग गर्दै आफूहरूले १३ हजार ३ सय ४९ जनालाई अनुदान दिएको बताइन् । जसको कुल रकम १४ लाख रुपैयाँ बराबर हुन आउने उनको भनाइ थियो । उनले नेपालमा शैक्षिक स्रोतहरूको तत्काल आवश्यकता रहेको स्थानमा थप ९ वटा चिनियाँ विद्यालय स्थापना गर्ने लक्ष्य राखेको पनि जानकारी दिइन् ।

कार्यक्रममा ओभरसिज चाइनिज् एसोसिएसनका नेपाल अध्यक्ष झिङ झ्याओ दोङले नेपाल र चीनबिचको सम्बन्ध निकै पुरानो रहेको भन्दै भृकुटी र अरनिकोले सुरु गरेको मित्रतालाई यस प्रकारका कार्यक्रमले थप नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीन र नेपालबिचको सम्बन्ध झन् प्रगाढ भएको उल्लेख गरे । नेपाल र चीनबिचको मित्रता कसैले पनि हल्लाउन नसक्ने उनले जिकिर गरे ।

कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव प्रसाद अधिकारी, समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर