प्रेस चौतारीका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

काठमाडौं, १६ जेठ २०८२ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो।
उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।
उनी गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत थिए । चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।
चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया