कृष्ण सेन ‘इच्छुक’को सम्झनामा दीप प्रज्वलन

सिन्धुलीमाढी, १३ जेठ । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार साँझ सिन्धुलीमाढीमा दीप प्रज्वलन गरिएको छ ।
प्रेस सेन्टर नेपाल सिन्धुली शाखाले सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन सहिद कृष्ण सेन इच्छुकको योगदानको चर्चा गर्दै स्मरण गरे ।
२३ औँ स्मृति दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर बागमती प्रदेश समिति महासचिव नवीन श्रेष्ठले सेनले नेपाली समाजको रूपान्तरणको आन्दोलनमा पत्रकारिता र साहित्यमार्फत महत्त्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आदर्शलाई अनुसरण गर्दा मात्र सेनको सच्चा स्मरण हुने बताए ।
पत्रकार तथा कवि कृष्ण सेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर पाशविक हत्या तत्कालीन सरकारले गरेको थियो । कार्यक्रम प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्ध नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया