सिन्धुलीमा राष्ट्रिय माझी संग्रहालय निर्माण सुरु

सिन्धुली । पछिल्लो जनगणना २०७८ अनुसार नेपालमा माझी समुदायको जनसङ्ख्या १ लाख ११ हजार ३ सय ५२ रहेको छ । देशका ७७ जिल्ला मध्ये ६३ जिल्लामा यस समुदायको बसोबास रहेको छ । सिन्धुलीमा मात्र सबैभन्दा धेरै १० हजार ८ सय ७३ सङ्ख्यामा माझी समुदायको बसोबास रहेको छ । सिन्धुलीको पनि सबैभन्दा धेरै माझी समुदायको बसोबास रहेको मरिण क्षेत्रमा राष्ट्रिय माझी संस्कृत सङ्ग्रहालय निर्माण सुरु गरिएको छ ।
माझी समुदायको बसोबास रहेको सिन्धुलीको मरिण गाउँपालिका ५ पञ्चकन्या पोखरी नजिकै सङ्घीय सरकारको ५५ लाख बजेटबाट राष्ट्रिय माझी संस्कृत सङ्ग्रहालयको निर्माण सुरु गरिएको हो ।
सिन्धुलीको एनएमबि निर्माण सेवा एण्ड सप्लायर्स प्रा.ली निर्माण ठेक्का पाएको भवनको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल शुक्रवार शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै दाहालले माझी समुदायको धेरै बसोबास भएको मरिणमा सङ्ग्रहालय बनेपछि परम्परा, संस्कार,संस्कृति संरक्षणमा टेवा पुग्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।