नयाँ वर्षको पूर्व सन्ध्यामा निजामती कर्मचारी संगठन सिन्धुलीको क्यालेण्डर विमोचन

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनले नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते पात्रो (क्यालेण्डर) सार्वजनिक गरेको छ । सिन्धुलीमाढीमा बुधवार आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रममा कर्मचारी संगठनको नयाँ क्यालेण्डर विमोचन गरिएको हो ।
संगठनका अध्यक्ष डिल्ली सौगात घिमिरेको सभापतित्वमा आयोजित उक्त समारोहमा नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भइन् ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा , निजामती कर्मचारी संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, नेपाल निजामती कर्मचारी संगठनका बागमती प्रदेश इन्चार्ज पुरुषोत्तम रायमाझी र सह-इन्चार्ज पुरुषोत्तम दाहाल लगायत उपस्थित थिए ।
साथै कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन र बागमती प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय/ प्रदेश पदाधिकारी, सदस्यहरू र निवर्तमान केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालालाई समेत सम्मान गरिएको थियो ।
तस्बिरहरूः-
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया