प्रदेशले जुन गतिमा काम गर्नुपर्थ्यो त्यो गर्न हामीले सकेनौँ-  कुन्दनराज काफ्ले

सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले जुन गतिमा काम गर्नुपर्थ्यो त्यो गतिमा काम गर्न नसकेको बताएका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङ वडा कार्यालयको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार मन्त्री काफ्लेले सो कुरा बताएका हुन् ।

 

संघीय सरकारले  हामीलाई आफ्नो गतिमा काम गर्ने गरी कानुन नै बनाइदिएन। त्यसैले प्रदेशले जुन गतिमा काम गर्नुपर्थ्यो त्यो गर्न हामीले सकेनौँ । उनले भने, यो व्यवस्था जोगाउने हो भने सत्य कुराबाट जनतालाई बेखबर बनाउन मिल्दैन। आजको व्यवस्था जनताले जोगाउने व्यवस्था हो। जनतालाई झुट कुरा नेताले सुनाउने हो भने जनता भड्किन्छ र वितृष्णा बढेर आक्रोशमा रूपान्तरण हुन्छ।

महामन्त्री गगन थापाको किर्तिपुरको ल्यापटपवाला भाषणलाई खिल्ली उडाइयो। सपना नदेख्ने पनि नेता हुन्छ ? बिपीले प्रजातन्त्रको सपना देख्नुभयो, मेलम्चीको सपना किसुनजीले देखेको होइन ? उनले थपे ।

लोकतन्त्रमा प्रतिपक्षको आवाज बलियो हुनुपर्छ तर यति बेलाको प्रतिपक्षको आवाजले लोकतन्त्र बलियो बनाएन, जनतालाई भ्रमित बनायो। आज नेपाल जुन ठाउँमा आइपुगेको छ त्यसमा रामशरण महतको महतपूर्ण योगदान छ। उहाँको अर्थनीतिले देशको ढुकुटी बलियो बनाएको सत्य विरोध गरेर स्थापित हुँदैन।

साथै जौखोरीया- चकमकेको बाटो पक्की कर्ण मगरको कार्यकालमा सम्पन्न हुने कुरामा ढुक्क हुनुहोस्। बाग्मती प्रदेशले आर्थिक सहायता गरेर भूमिका निर्वाह गर्नेछ। उनले भने ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर