कीर्तिपुरमा कांग्रेसको एकलौटी

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसको एकलौटी भएको छ । आइतबार भएको उपनिर्वाचनबाट मेयर र दुई वडामा कांग्रेसकै उमेदवार निर्वाचित भएपछि पालिकासहित सबै वडा कांग्रेसको नेतृत्वमा गएको हो ।

उपनिर्वाचनबाट मेयरमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । वडा नम्बर १ र वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेसकै उमेदवार निर्वाचित भए । वडा नम्बर ४ मा ०७९ मा स्वतन्त्र उमेदवारले जितेका थिए।

उपनिर्वाचनबाट मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।

यसैगरी, ‘केटा र केटी’ चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, ‘बाकस’ चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए । अर्का स्वतन्त्र उमेदवार ‘कैँची’ चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुव महर्जनले ९९५ मत ल्याए ।

यसअघि, २०७९ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो । त्यतिबेला नेपाली कांग्रेसका राजकुमार नकर्मी नौहजार ४३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशवरत्न बज्राचार्यले पाँचहजार ५०७ मत ल्याएका थिए ।

तत्कालीन मेयर नकर्मीको गत साउन १० गते राति निधन भएको थियो । लामो समयदेखि मृर्गौलाको बिरामी रहेका उनको वीरअस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर