सिन्धुलीमा छठपूजा (तस्वीरहरु)

सिन्धुली । छठ पर्वको मुख्य दिन बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।बिहीबार सिन्धुलीमाढी छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् ।
बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु सिन्धुलीमा रहेको ग्वाङ् (गौमती) खोला छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
सिन्धुलीमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । सिन्धुलीको भिमान् , डकाहा, दुधौलीमा बसोबास गर्ने तराईवासीले कमला नदीमा ठाउँठाउँमा छठ पूजास्थलमा पूजा गरिएको छ ।
हेर्नुहोस् सिन्धुलीमाढीमा गरिएको छठपूजाका तस्वीरहरु:-
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया