जुवा खालबाट कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राजन दाहाल सहित ८ पक्राउ

सिन्धुली। एक जुवा खालबाट प्रहरीले वडाध्यक्ष सहित ८ जनालाई पक्राउ गरेको छ ।

सिन्धुली प्रहरीले जुवा खेलिरहेको अवस्थामा  शुक्रवार राती दुधौली नगरपालिका ७ वडाध्यक्ष राजन दाहाल सहित ८ जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा राती साँढे १२ बजे प्रहरीले कटहरेका राजेन्द्र थापाको घरबाट ४३ हजार १ सय ७० रुपैयाँ नगद सहित १६ थान कौडा समेत बरामद गरेको थियो । साथै उनीहरूको मोबाइल, मोटरसाइकल लगायतको सामान प्रहरीले बरामद गरेको स्थानीयले जानकारी दिएका छन् ।

वडाध्यक्ष दाहाल सहित ८ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय डकाहा मा राखिएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताउनुभयो । राजन दाहाल नेपाली काँग्रेसबाट २०७९ मा निर्वाचित वडाध्यक्ष हुन् ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर