सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज सञ्चालनमा, चल्न थाले गाडी

सिन्धुली। असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवन काटेर उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । आज (मंगलबार) देखि पुलमा गाडी गुड्न थालेका हुन् ।
सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज पुनर्निर्माण भएको हो । सडक विभागले हेटौंडाबाट पाँच ट्रक बढी सामग्री सिन्धुली ल्याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको छ ।
आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका शुभराज न्यौपानेले जानकारी दिए ।
असोज १०–१२ गतेको अबविरल वर्षापछिको बाढीले बीपी राजमार्गसहितका सडकमा क्षति पुर्याएको थियो । रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया