बुधवारदेखि फेरि पानी पर्ने, बागमती र कोशी  प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज र भोली पानी पर्ने मौसमविद्हरूले बताएका छन् ।
मौसमविद्हरूले आजदेखि फेरी पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मंगलवार पूर्वी नेपालबाट प्रवेश गरेको मौसमी प्रणालीले भोलीसम्म मध्य र पूर्वी नेपालमा वर्षा गराउने आकलन गरेको छ । भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणाली उत्तर पश्चिम –नेपालतिर सरिरहेकाले वर्षाको आङ्कलन गरिएको हो । भारतको उत्तर पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली बिस्तारै उत्तर पश्चिमतिर सर्ने क्रममा रहेकाले आज दिउँसोदेखि भोली रातीसम्मका लागि सो प्रणालीको प्रभाव रहने छ ।
महाशाखाका अनुसार भोली दिउँसो कोशीदेखि गण्डकीसम्म बादल लाग्ने देखिन्छ भने पश्चिमी क्षेत्रमा धेरैजसो स्थानमा मौसम सफा रहनेछ । कोशी र बागमतीका ३० देखि ५० प्रतिशत भूभागमा भने वर्षाको सम्भावना रहेको र गण्डकीका थोरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । आज भन्दा भोली धेरै स्थानमा पानी पर्ने मौसमविद्हरूको भनाई छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर