काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)

काभ्रे । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका ८७ जनाको सकुशल उद्धार गरेको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट अहिलेसम्म ८७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए ।
शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।
रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि २ दिनदेखि करिब २ देखी ३ हजार अलपत्र थिए । सेनाको हेलिकप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ ।
अहिले सम्म बाढीपहिरो र डुबानबाट हालसम्म १९ जनाको मृत्यु, १९ जना बेपत्ता र १ सय ५० जना घाइते भएका छन् ।
हेर्नुस् उद्धार गरेको तस्बिरहरुः
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया