सुनकोशीको बाढीले खतराको तह पार गर्यो, सुरक्षित स्थानमा बस्न आग्रह

सिन्धुली। सुनकोशी नदीको जल सतहले खतराको तह पार गरेको छ। सुनकोशीको नदी खुर्कोट जलमापन केन्द्रले राती ९:१० बजे जलसतह ७.५ मिटर मापन गरेर सतर्कता खतरा तह पार गरेको जनाएको छ।
यस्तै सुनकोशी नदीमा जल सतह अझै बढ्न सक्ने पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसैले सिन्धुली, रामेछाप र ओखलढुंगा र उदयपुर नदी तटीय क्षेत्रमा बसोबास रहेको बस्तीहरूमा राति १२ बजेसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया