निजामती सेवा दिवस:  सिन्धुलीमा विभिन्न कार्यक्रम गरी मनाइयो

सिन्धुली ।  आज निजामती सेवा दिवस सिन्धुलीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा निजामती सेवा गठन भएको ६१ वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा  सिन्धुलीमाढीमा प्रभात फेरी सहित वृक्षारोपण गरेर  कमलामाई-६ जसेदमारमा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयमा वाटर डिस्पेन्सर तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलको नेतृत्वमा कर्मचारी मिलन केन्द्र, सिन्धुली, लेखा समूह सिन्धुली, जिल्ला स्थिति कार्यालय प्रमुख तथा कर्मचारीहरु विभिन्न पेशागत संघ /संगठनका पदाधिकारीहरूको सहभागितामा दिवस मनाइएको नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले जानकारी दिए।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँल, आधिकारिक ट्रेड युनियन अध्यक्ष  तिलक बहादुर कार्की, मिलन केन्द्र सिन्धुली अध्यक्ष अजय मानन्धर र लेखा समूह सिन्धुली अध्यक्ष पदम बहादुर मगरले शुभकामना व्यक्त गरेका थिए ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर