रामेछापको टोकरपुरमा वर्षापछि घर पुरिँदा ११ जना बेपत्ता

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा बस्ती माथिबाट गएको पहिरोले चार घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

दोरम्बा शैलुङ गाउँपालिका–३ टोखरपुर लेखर्क बस्तीमा वर्षासँगै आज बिहान गएको पहिरोले घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् ।

अबिरल वर्षाका कारण ४ वटा घर पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । उनका अनुसार हाल घटना स्थलमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर