रजनिश आत्महत्या घटना: छानबिनको माग गर्दै सिन्धुलीमा प्रदर्शन

सिन्धुलीमाढी। रजनिश शाह आत्महत्या घटनाको छानबिनको माग गर्दै  विद्यार्थीहरूले सिन्धुलीमा प्रदर्शन गरेका छन् ।

सिन्धुलीको भगवती आवासीय अङ्ग्रेजी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी रजनिश शाहले गत आइतबार विद्यालयको होस्टेलमा आत्महत्याको प्रयास गरेका थिए । विद्यालयले उनलाई उद्धार गरेर उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पुर्‍याएको थियो । धुलिखेल अस्पतालमा सघन उपचार कक्षमा उपचाररत शाहको शुक्रवार बिहान निधन भएको थियो ।

सोही विषयलाई लिएर  विद्यार्थीहरूले शनिवार सिन्धुलीमाढीमा मुखमा कालो पट्टी बाँधेर साङ्केतिक विरोध जनाउँदै प्रदर्शन गरेका हुन् ।  विद्यार्थीहरूले घटनाको विषयमा राजनीतिक दल, नागरिक समाज र पत्रकार समेत नबोलेको भन्दै सत्य तथ्य छानबिनको माग गरेका थिए ।

त्यसैगरी विद्यालयले कक्षा- ८ मा अध्ययनरत छात्रावासमा बस्दै आएका धनुषाको लक्ष्मीनिया नगरपालिका-४ का रजनिश शाहले आत्महत्याको प्रयास गरेको र उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएकोले विद्यालय परिवार मर्माहत भएको जनाएको छ । साथै विद्यालयले उनको निधनमा आइतबार शोक बिदा दिएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर