फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ, महासचिवमा राजु नापित
रामेछाप। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव संस्थागत चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
सदस्यमा बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापति, रवि महर्जन,जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई रहेका छन्।
त्यसैगरी सङ्घीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ , राजेश रुम्बा लामा र श्याम राना मगर निर्वाचित भएका छन्। भने लेखासमिति संयोजकमा अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया