माझीले जन्मदिनमा ‘बर्थडे पाटी’को सट्टा थामी विद्यार्थीलाई दिए शैक्षिक सामाग्री

सिन्धुली ।­ जन्मदिनमा साथीभाइ र आफन्त डाकेर भव्य पाटी गर्ने परम्परालाई पन्छाउँदै सिन्धुलीका बबिन्द्रलाल माझीले आफ्नो ५२ औँ जन्मोत्सव फरक तवरले मनाएका छन् । जन्मदिनको अवसर पारेर सोमबार मरिण गाउँपालिका – ७ स्थित आधारभूत विद्यालय गैरीगाउँ थामी टोलका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेर मनाएका हुन ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको माझीले बताए । उक्त विद्यालयमा रहेका बाल कक्षा देखि तीन कक्षासम्म अध्यनरत  २७ जना विद्यार्थीहरू लाई माझीले कापी, कलम, अल इन वान, सिसाकमल, र इरेजर लगायतका सामाग्री वितरण गरेका थिए । लोपोन्मुख थामी जातीका बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा पुगेर सहयोग गर्न पाउँदा आफूलाई समेत गर्व लागेको माझीले बताए । उनले अनावश्यक र फजुल खर्च गर्नुभन्दा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध मनासिब ठानेर जन्मदिनमै दिनमा सहयोग हस्तान्तरण गरिएको जानकारी दिए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा मरिण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष चन्द्रबहादुर थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर थामी, मरिण गाउँपालिका शिक्षा शाखाका दीपक मैनाली, सामाजिक विकास शाखा प्रमुख सुदिप केसी, समाजसेवी गोविन्द लाल माझी,सामी परियोजना सिन्धुलीका कार्यक्रम संयोजक के आर विजय, अभिभावक, शिक्षक र  विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सिन्धुलीको मरिण गाउँपालिका – ६ निवासी बबिन्द्रलाल माझी  हाल कमलामाई नगरपालिका सामाजिक विकास शाखामा कार्यरत  रहेका छन् । भने पेसागत महासंघ नेपाल सिन्धुलीका अध्यक्ष समेत हुन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर