भकुण्डेबेसीमा बाेलेरेकाे ठक्करबाट लामाको मृत्यु

धुलिखेल। काभ्रेपलान्चोकको नमाेबुद्ध नगरपालिका वडा ७, भकुण्डेबेसीमा बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
बिपी राजमार्गको भकुण्डेबेसी बुद्ध चोकमा गए राति १० बजे भकुन्डेबाट कटुन्जे तर्फ जाँदै गरेको बा १ च २४९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा ८४ वर्षीय शेरब लामाको मृत्यु भएको हो।
बोलेरोको ठक्कर पछि लामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा राती ११ बजे नै उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
प्रहरीले ठक्कर दिने बोलेरोका चालक र बोलेरोलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया