प्रधानन्यायाधीश राउत कुलपूजा गर्न सिन्धुली आउने

सिन्धुली । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सोमबार सिन्धुलीको कमलामाई नगरपालिका-१४ रानीबास आउने भएका छन् ।
कुल पूजाका साथै कुल मन्दिर उद्घाटनको लागि प्रधानन्यायाधीश राउत रानीबास आउन लागेका हुन् ।
सोमबार बिहान काठमाडौँबाट हवाई मार्ग मार्फत जनकपुर आउने र त्यसपछि गाडीबाट रानीबास पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रधानन्यायाधीश आगमनलाई मध्यनजर गर्दै आइतबार (आज) जिल्ला सुरक्षा समितिको बैठक नै बसेर सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले माईशिर डटकमलाई जानकारी दिए । साथै उनले कुल पूजा स्थलको निरीक्षण गरिसकेको जनाए ।
कुल पूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया