सिन्धुलीमा खेलकुद महोत्सव हुने

२७ माघ २०८१, सिन्धुलीमाढी। सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव हुने भएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिले शविवार (आज) पत्रकार स्रम्मेलन गरेर आगामी फागुन ५ देखि १३ गतेसम्म सिन्धुलीमाढीमा राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव गर्ने बताएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिले र जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा खेलकुद महोत्सवमा जिल्लाका ९ वटै पालिकाका खेलाडीहरूले सहभागीता जनाउने सिन्धुली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर थिङ तामाङले जानकारी दिए ।
सिन्धुली जिल्लामा रहेको खेलाडीहरुको पहिचान गर्न, नयाँ खेलाडीहरु उत्पादन गर्न र प्रदेश तथा राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्न सक्ने खेलाडीको खोज गर्न खेलकुद महोत्सव आयोजना गर्न लागिएको सिन्धुली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थिङले पत्रकार सम्मेलनमा बताए ।
त्यस्तै, प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्डमा हुने खेलहरु कराते, एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी, तेक्वान्दो, क्रिकेट, ब्याडमिन्टन, म्याराथन र बक्सिङ खेलहरुमा १ हजार ३ सय ४३ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने महोत्सव आयोजक समितिका सदस्य दिपेन्द्रध्वज बस्नेतले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम